सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा दुर्घटना हुँदा एक मजदुर बेपत्ता, एक घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा दुर्घटना हुँदा एक मजदुर बेपत्ता, एक घाइते


१३ माघ २०७८, बिहिबार


सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङभित्र दुर्घटना हुँदा एक मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन् ।

आज (बिहीबार) बिहान पौने ४ बजे आयोजना निर्माण स्थल पञ्चनस्थित सुरुङभित्र पाइप लैजाने क्रममा एक्स्काभेटर नै भाँचिएपछि दुर्घटना भएको हो ।

सुरुङभित्र पानी बगाउने पाइप एक्स्काभेटरको बकेटमा लिएर जाँदा एक्स्काभेटर नै भाँचिएपछि बकेटमा रहेका मजदुरसमेत सुरुङभित्र खसेका थिए ।

सुरुङभित्र बेपत्ता हुनेमा बाराको कोल्हवी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी रहेका छन् । उनको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका पर्साको पटेर्वा गाउँपालिका ४ का २० वर्षीय आंगत राय थारुलाई भने उपचारका लागि ओखलढुंगास्थित मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी कवित कटवालले जानकारी दिए । घाइते थारुको अवस्था सामान्य रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस