निर्वाचनबारे निर्णय लिन देउवाले बोलाए काँग्रेस केन्द्रीय समितिको बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचनबारे निर्णय लिन देउवाले बोलाए काँग्रेस केन्द्रीय समितिको बैठक


१३ माघ २०७८, बिहिबार


नेपाली काँग्रेस

काठमाडौँ । स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठक भोलि (शुक्रबार) भर्चुअल माध्यमबाट बस्नेछ ।

काँग्रेस महामन्त्री गगन थापाले कोभिड सङ्क्रमणको जोखिमका कारण भर्चुअल बैठक बोलाइएको बताए ।

‘कोभिडप्रति सजग रहँदै राष्ट्रिय राजनीतिका महत्त्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकोले भर्चुअल बैठक बस्न लागेको हो’, महामन्त्री थापाले भने ।

बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षासँगै स्थानीय निर्वाचनको बारे छलफल हुने बताइएको छ ।

काँग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले आजै निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस