तोलामा ९ सय रुपैयाँले घट्यो सुन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तोलामा ९ सय रुपैयाँले घट्यो सुन


१३ माघ २०७८, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ ।

सुन आज प्रतितोला ९ सय रुपैयाँले घटेको छ । योसँगै छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार चाँदी पनि १० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस