आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना


१३ माघ २०७८, बिहिबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका भु–भागमा हुस्सु कुहिरो लागि रहेको जनाएको छ।

देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने उल्लेख छ।

प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राती प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस