राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा एकीकृत समाजवादीकी शाह निर्वाचित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा एकीकृत समाजवादीकी शाह निर्वाचित


१२ माघ २०७८, बुधबार


काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की गरिमा शाह निर्वाचित भएकी छन् ।

आज (बुधबार) दिउँसो भएको मतगणना अनुसार उनले प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ जनप्रतिनिधिको मत पाइन् ।

उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशसभाका १२ र स्थानीय तहका ६४ जनप्रतिनिधिको मत पाइन् ।

निर्वाचन आयोगले शाह निर्वाचित भएको आधिकारिक घोषणा भने गरेको छैन ।

सुदूरपश्चिम प्रदेशमा अन्य र दलिततर्फका उम्मेदवारको मतगणना भने भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस