पुरातत्व विभागले एक खरिदारलाई हटायो सेवाबाट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पुरातत्व विभागले एक खरिदारलाई हटायो सेवाबाट


१२ माघ २०७८, बुधबार


काठमाडौँ । पुरातत्व विभागले प्रदेश संग्रहालय पोखरामा कार्यरत एकजना कर्मचारीलाई सेवाबाट हटाएको छ ।

विभागले स्याङ्जा घर भएका खरिदार विशालबाबु डुम्रेलाई सेवाबाट हटाएको हो ।

बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित भएको कसुरमा उनलाई सेवाबाट हटाउने निर्णय गरिएको विभागले जनाएको छ ।

यही माघ ९ गते भएको विभागीय निर्णयको सूचना सार्वजनिक गर्दै विभागले उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस