समयमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा काँग्रेस नेताहरुको जोड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समयमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा काँग्रेस नेताहरुको जोड


११ माघ २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्नेमा जोड दिएका छन् ।

पार्टीका नेता डा शेखर कोइरालाले आज आयोजना गरेको भर्चुअल बैठकमा सहभागी नेताहरुले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्ने सुझाव दिएका हुन् ।

नेताहरुले स्थानीय निर्वाचनका सम्बन्धमा सत्ता गठबन्धनमा निर्णय गर्नुअघि पार्टीमा आवश्यक छलफल गरी साझा धारणा बनाउनुपर्ने बताउँदै पार्टीमा एकता कायम गरेर काँग्रेस एक्लै निर्वाचनमा जानुपर्ने सुझाव समेत दिएका थिए ।

बैठकमा नेता डा कोइराला, महामन्त्री गगनकुमार थापा, नेताहरु डा रामशरण महत, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, डा चन्द्र भण्डारीलगायतका सहभागी थिए ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाको संयोजनमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले समयमै स्थानीय तहको निर्वाचन गर्ने सन्दर्भमा विभिन्न चरणमा छलफल गर्नुका साथै आइतबार मात्रै कानूनविद्हरुसँग परामर्श गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस