२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिलगायत उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन बैङ्कहरूलाई अर्थमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कृषि लगायत उत्पादनमूलक क्षेत्रमा व्यापक लगानी विस्तार गर्न बैङ्कहरूलाई निर्देशन दिएका छन् । आन्तरिक उत्पादन वृद्धि नगरी दिगो आर्थिक विकास सम्भव नहुने भन्दै उनले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न बैङ्कहरूलाई निर्देशन दिएका हुन् ।

सोमबार राष्ट्रिय वाणिज्य बैङ्कको ५७औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने ‘बैङ्कका नयाँ कार्यक्रममा हालको ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्योगिक क्षेत्रको लगानीलाई अवश्य पनि वृद्धि गर्नुहुनेछ,’

यी क्षेत्रको लगानी सकेसम्म दुई गुणा वृद्धि गर्नसमेत उनले भनेका छन् ।

यी क्षेत्रमा भएको लगानी वृद्धिले राष्ट्रिय पुँजी निर्माण भई उत्पादन तथा रोजगारीमा महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै उनले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने सरकारको नीति रहेकाले त्यो अभियानमा बैङ्कहरूले पनि साथ दिनुपर्नेमा जोड दिए ।

बैङ्कहरू निक्षेपको परम्परागत स्रोतहरूमा मात्र केन्द्रित रहेकाले अब वैदेशिक ऋण, सहायता, ऋणपत्र निष्कासन लगायत उपायमार्फत स्रोत बढाउन पनि निर्देशन दिएका उनले सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘राष्ट्रिय वाणिज्य बैङ्क सरकारी बैङ्क भएकाले पनि बढी जिम्मेवार र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो । यो रणनीति प्रभावकारी कार्यान्वयनका लागि यस बैङ्कले वित्तीय क्षेत्रमा एउटा मोडल स्थापित गर्नुपर्छ ।’

राष्ट्रिय वाणिज्य बैङ्कले देशभरका २५८ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस