१०० अङ्कले घट्यो नेप्से « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

१०० अङ्कले घट्यो नेप्से


१० माघ २०७८, सोमबार


काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १००.१० अङ्कले घटेको छ । सो अङ्कको गिरावटपछि परिसूचक २८२० अङ्कमा कायम भएको छ ।

६ कम्पनीको मात्रै मूल्य बढ्यो भने १८५ को घट्यो । कारोबार रकम भने बढेको छ । ८ अर्ब ८८ करोड रुपैयाँको कारोबार भयो ।

यसअघि हिजो (आइतबार) ७ अर्ब ३ करोडको कारोबार भएको थियो । सबै उपसमूहहरु घटेका छन् ।

बैङ्किङ ५४, विकास बैङ्क २३४, फाइनान्स ११०, होटल तथा पर्यटन १०७, जलविद्युत १५४, लगानी ३, जीवन बीमा ५६९, उत्पादन २४४, लघुवित्त १८३, निर्जीवन बीमा ५०६, अन्य ८४ र व्यापार उपसमूह ११३ अङ्कले घटे ।

विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । कर्णाली विकास बैङ्कको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशतले घट्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस