राष्ट्र बैङ्कले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र बैङ्कले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने


१० माघ २०७८, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र २०८० ङ’ नाम दिइएको उक्त ऋणपत्रको बिक्रीका लागि माघ ११ गते बोलकबोल हुनेछ ।

ऋणपत्रको परिपक्व अवधि २ वर्ष हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने सूचनामा उल्लेख छ ।

ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । यो ऋणपत्र धितो राखेर कर्जा लिन वा दिन पाइने सुविधा पनि हुन्छ ।

ऋणपत्र खरिद गर्न चाहनेले अनलाइन विडिङ सिस्टम मार्फत सहभागी हुन सक्नेछन् । यही माघ १२ गते निष्कासन हुने ऋणपत्रको साँवा २०८० माघ १२ गते पाइने छ । अर्धवार्षिक रुपमा ब्याज पाइने छ । उक्त ब्याजमा आयकर नलाग्ने पनि सूचनामा उल्लेख छ ।

खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमश: निष्कासित रकमको ८५ प्रतिशत अर्थात् ५ अर्ब ५० करोड र १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस