भिजिट भिसामा खाडी मुलुक जान नपाउने निर्णयमा गृहको संशोधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भिजिट भिसामा खाडी मुलुक जान नपाउने निर्णयमा गृहको संशोधन


९ माघ २०७८, आइतबार


काठमाडौँ । खाडी मुलुक र मलेसियामा भिटिज भिसामा जान रोक लगाउने निर्णय गृह मन्त्रालयले संशोधन गरेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भिटिज भिसामा जान सबैलाई रोक लगाउने निर्णयलाई मन्त्रालयले खुकुलो पारेको हो ।

भिटिज भिसामा खाडी मुलुक र मलेसियामा जान सबैलाई सोमबारदेखि लागू हुने गरी रोक लगाउने निर्णय गृह मन्त्रालयले शुक्रवार गरेको थियो । अब खाडी राष्ट्रबाहेक कम्तीमा दुई मुलुकको भ्रमण गरिसकेकालाई भ्रमण अनुमति दिइने भनेको छ ।

सम्बन्धित समाचार : माघ १० गतेबाट खाडी र मलेसियामा भिजिट भिसा भ्रमण जान रोक

गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा बिरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई पनि जान दिने भनिएको छ । तर नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने भनिएको छ ।

वैदेशिक रोजगारी व्यवसाय प्रबद्र्धनका लागि जाने म्यानपावर कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधिलाई पनि जान दिने निर्णय भएको छ । पोखरेलका अनुसार वार्षिक न्यूनतम ६ लाख रुपैयाँ कर योग्य भएर त्यसको आधा रकम बैङ्क खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध व्यक्तिले पनि भिजिट भिसामा जान पाउने भएका छन् ।

नेपालमा सामान आयत–निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधि, सरकारी कामको सिलसिलामा जाने प्रतिनिधि र अन्तर्राष्ट्रिय कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि लगायतलाई पनि यो सुविधा दिइने भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस