क्रिप्टोकरेन्सीको कारोबार नेपालमा अवैध : राष्ट्र बैङ्क « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

क्रिप्टोकरेन्सीको कारोबार नेपालमा अवैध : राष्ट्र बैङ्क


९ माघ २०७८, आइतबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सीको कारोबार नेपालमा अवैध भएकाले त्यसमा संलग्न भए दण्डनीय हुने स्पष्ट पारेको छ ।

क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरिरहेका बेला परिरहेका बेला राष्ट्र बैङ्कले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा क्रिप्टोकरेन्सीले मान्यता नपाएको स्पष्ट पारेको छ ।

छोटो समयमा धेरै पैसा कमाउने आशामा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न हुने र संलग्न गराउने गरेको पाइएको भन्दै राष्ट्र बैङ्कले भनेको छ, ‘उपर्युक्त किसिमका गैर कानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुन्छ।’

राष्ट्र बैङ्कले नेपालमा बस्ने नेपाली र विदेशी तथा विदेशमा बस्ने नेपालीलाई यस किसिमका कारोबारमा संलग्न नहुन र नगराउन निर्देशन दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस