प्रदेश तेक्वान्दो सङ्घद्वारा डा. पाँडेलाई सम्मान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश तेक्वान्दो सङ्घद्वारा डा. पाँडेलाई सम्मान


९ माघ २०७८, आइतबार


धनगढी । सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घले डा. सिद्धार्थ विक्रम पाँडेलाई सम्मान गरेको छ ।

सङ्घलाई लामो समयदेखि सहयोग गर्दै आएका डा.पाँडेलाई सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष सुवास शाहीले खादा तथा सम्मान पत्रद्वारा सम्मान गरेका हुन् । डा. पाँडेले दक्षिण कोरियाको सौल नेशनल युनिभर्सिटी बाट खेल विज्ञानमा बिद्याबारिधी गरेका खेल विज्ञानमा बिद्याबारिधी गरेका छन् ।

सम्मान कार्यक्रममा केन्द्रीय सदस्य साम्राज्य विक्रम पाण्डे, सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका उपाध्यक्ष केशव भट्ट, महासचिव पदम विक्रम सिंह, सचिव श्रीराम चौधरी, धनगढी उप–महानगरपालिका तेक्वान्दो विकास समिति अध्यक्ष विनय चोखाल, तेक्वान्दो प्रशिक्षक गोविन्द बिस्ट, देवराज चौधरी लगायत विभिन्न डोजांङ प्रमुखहरूको उपस्थिति रहेको थियो ।

डा. पाँडे नेपालको समग्र खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्मै विकास र विस्तार गर्ने अभियानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस