बाटो भुलेकी महिलालाई होटलमा लगेर सामूहिक बलात्कार, एक जना पक्राउ, दुई फरार « प्रशासन
Logo १३ जेष्ठ २०७९, शुक्रबार
   

बाटो भुलेकी महिलालाई होटलमा लगेर सामूहिक बलात्कार, एक जना पक्राउ, दुई फरार


९ माघ २०७८, आइतबार


विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलियामा महिलामाथि सामूहिक बलात्कार भएको छ ।

इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जना फरार छन् ।

बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम गर्न थालेकी थिइन् । काम सकेर साँझमा उनी गछियास्थित बहिनीको घर फर्कदै थिइन् । उनी इटहरीबाट बस चढेर शुक्रबार साँझ करीब ६ बजे गछियासम्म पुगिन् । तर बहिनीको घरसम्म पुग्ने बाटो बर्सिइन् ।

बाटो सोध्दा रामबहादुर नेपालीले बहिनीको घरसम्म पुर्‍याइदिने भन्दै प्रदेश २(०१(००१ च २२७ नम्बरको गाडीमा चढाए । उनले गाडी घुमाउँदै सुन्दरहरैचा–४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगे ।

बलात्कृत महिलाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर छ । उनलाई कोसी अस्पताल विराटनगरमा भर्ना गरेर उपचार जारी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न भएका होटल सन्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठलाई पक्राउ गरेको छ। सोही होटलमा काम गर्ने आरती श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ ।

बलात्कारको घटनामा संलग्न भएको भनिएका २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपाली फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ । पीडित महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस