२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक पुल अतिक्रमण गरेर सटर निर्माण

अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ हाँडेभिरमा सडक र मोटरेबल पुल अतिक्रमण गरी टहरा बनाएर सटर भाडामा लगाइएको छ ।

सडक र पुलको क्षेत्राधिकार अतिक्रमण गरेर निर्माण भएको टहरा हटाउन नगरपालिकाले दिएको निर्देशन पालना भएको छैन । टहरा बनाएर भाडामा लगाउने व्यवसायी कुलप्रसाद घर्ती र नगरपालिकाबीच भएको सम्झौताको अवधि एक वर्षअघि नै सकिएको थियो ।

बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–२ हाँडेभिर र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमाथि रहेको मोटरेबल पुलसँगैको जग्गा व्यवसायी घर्तीले विसं २०७२ माघ १ गते वार्षिक १० प्रतिशतका दरले बढ्ने गरी पाँच हजार तिर्ने गरी पाँच वर्षका लागि भाडामा लिएका थिए ।

पुलमुनि कृषि औजार कारखाना चलाएका उनले पुलसँग जोडेर बनाएको टहरामा सटर हालेर होटल, रेष्टुरेन्ट र किराना पसल सञ्चालकलाई भाडामा लगाएका थिए ।

सम्झौताविपरीत पुलसँग जोडी संरचना निर्माण गरेको र निर्धारितभन्दा बढी जग्गा प्रयोग गरेको भन्दै नगरपालिकाले विसं २०७७ माघदेखि सम्झौता रद्द गर्ने निर्णय गर्दै ३० दिनभित्र खाली गराउन निर्देशन दिएको थियो ।

बेनपा–२ का वडाध्यक्ष हीराबहादुर थापाले कार्यपालिकाको बैठकले गरेको निर्णय अटेर गरेर व्यवसायी घर्तीले आफूखुशी सार्वजनिक जग्गामा संरचना बनाएर अतिक्रमण गरेका बताए ।

‘हामीले संरचना हटाउन भनेर ताकेता गरेका छौँ’, उनले भने, ‘अटेर गरेर खाली गर्नुभएको छैन ।’ सम्झौता नवीकरण नभए पनि व्यवसायी घर्तीले नगरपालिकाको राजस्व खातामा एक वर्षको अग्रिम भाडावापतको सात हजार ३२० जम्मा गरेका थिए ।

बेनी नगरपालिकाको कार्यालय अगाडि नै रहेको पुलसँग जोडिएका टहराका कारण सवारीसाधन र पैदलयात्रुलाई आवतजावतमा असहज भएको छ । दुर्घटनाको जोखिम बढेको छ ।

नगरपालिकाले विसं २०७४ मा बेनी–बाग्लुङ सडकको क्षेत्राधिकार ३० मिटर र सेटब्याक छ मिटर कायम गरेको थियो । सडकको क्षेत्राधिकारभित्र पर्ने जग्गामा नगरपालिकाले भौतिक संरचना बनाउन अनुमति दिँदैन ।

व्यवसायी घर्तीले भने आफूले अतिक्रमण नभएर राज्यलाई कर तिरेर पुलको संरक्षण गरेको दाबी गरे । ‘खेर गएको ठाउँमा उद्योग चलाएर ५० जनालाई रोजगारी दिएको छु’, उनले भने, ‘लोपोन्मुख आरन उद्योग चलाएर रोजगारी दिएको र सस्तोमा कृषि औजार उत्पादन तथा मर्मत गरेकामा प्रोत्साहन गर्नुको साटो हटाउन खोजेर दुःख दिने काम भएको छ ।’

प्रतिक्रिया दिनुहोस