चीनद्वारा २० लाख सिरिञ्ज हस्तान्तरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चीनद्वारा २० लाख सिरिञ्ज हस्तान्तरण


९ माघ २०७८, आइतबार


काठमाडौँ । कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ ।

उक्त परिमाणको सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ ।

हस्तान्तरित सिरिञ्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैब तत्पर रहेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस