गणेशमान स्मृति उद्यान निर्माणका लागि थप रु एक करोड सहयोग « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

गणेशमान स्मृति उद्यान निर्माणका लागि थप रु एक करोड सहयोग


८ माघ २०७८, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गणेशमान स्मृति उद्यान निर्माणका लागि नागार्जुन नगरपालिकालाई थप रु एक करोड उपलब्ध गराउने भएको छ ।  

नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले नागार्जुन नगरपालिका–६ डाँडा पौवामा निर्माणाधीन सो उद्यानका लागि थप रु एक करोड उपलब्ध गराउने भएको हो । कामपाले उक्त उद्यान निर्माणका लागि यसअघि नै रु एक करोड प्रदान गरिसकेको छ ।

कामपाले एकीकृत विकास कार्यक्रम सञ्चालन गरी उपत्यकालाई समृद्ध सहरका रुपमा विकास गर्न काठमाडौँ उपत्यकाका सबै नगरलाई उद्यान निर्माण तथा हरियाली प्रवर्द्धन कार्यक्रममा सहयोग गर्दै आएको छ । 

महानगरको सहयोगमा काठमाडौँ उपत्यकाका १० नगरमध्ये आठ वटामा उद्यान तथा हरियाली प्रवर्द्धनका लागि र दुई वटामा धाम निर्माणका लागि काम गरिरहेका छन् ।

यसअघि नै भएको सम्झौताअनुसार कीर्तिपुर नगरपालिका–१, २ र १० क्षेत्र समेट्ने गरी युद्ध स्मारक उद्यान निर्माण गरिरहेको छ । कामपाबाट प्राप्त सहयोगबाट शङ्खरापुर नगरपालिकाले वडा नं ९ बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान निर्माण गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस