सरकार सही दिशामा अगाडि बढिरहेको प्रधानमन्त्री देउवाको दाबी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकार सही दिशामा अगाडि बढिरहेको प्रधानमन्त्री देउवाको दाबी


७ माघ २०७८, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सही दिशामा अगाडि बढिरहेको दाबी गरेका छन् ।

आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा शुक्रवार टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले गरेका कामहरूबारे जानकारी दिए ।

उनले भने, ‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ । जनतामा आशा र भरोसा बढेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस