घानामा विस्फोट हुँदा कयौँ घर ध्वस्त, १७ जनाको शव भेटियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घानामा विस्फोट हुँदा कयौँ घर ध्वस्त, १७ जनाको शव भेटियो


७ माघ २०७८, शुक्रबार


काठमाडौँ । घानाको यपिएट सहरमा भयङ्कर विस्फोट भएको छ । विस्फोटबाट कयौँ भवनहरु भत्किएका छन् ।

घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको सङ्ख्याबारे औपचारिक जानकारी दिएको छैन ।

सुनको खानीको रुपमा चिनिने सहरमा विस्फोट भएको हो । खानीका लागि आवश्यक विस्फोटक पदार्थ बोकेका गाडी मोटरसाइकलसँग ठोक्किएपछि विस्फोट भएको बताइएको छ ।

स्थानीय मिडियाहरुले सार्वजनिक गरेको तस्बिर र भिडियोमा विस्फोट भएको स्थानमा धुलो र धुवाँको मुस्लो उडेको देखिन्छ । भग्नावशेषमा च्यापिएकाहरुले चिच्याउँदै सहायता मागेको पनि देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस