सैनिक आचरण विपरित कार्य गरेकाे भन्दै जंगी अड्डाले गर्‍यो मेजर शाहीलाई बर्खास्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सैनिक आचरण विपरित कार्य गरेकाे भन्दै जंगी अड्डाले गर्‍यो मेजर शाहीलाई बर्खास्त


६ माघ २०७८, बिहिबार


काठमाडौँ । जंगी अड्डाले सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोक शाहीलाई बर्खास्त गरेको छ।

सैनिक आचरण विपरित कार्य गरेपछि उनलाई सैनिक ऐन अनुसार बर्खास्त गरेको बताइएको छ ।

सेनानी शाहीले मदिरा सेवन गरेको, होटल पुगेर ग्राहक र सर्वसाधरणसँग झगडा गरेको आरोप लागेपछि घटनाको अनुसन्धानका लागि तत्काल कोर्ट अफ इन्क्वाइरी गठन भएको थियो ।

सोहि समितिको प्रतिवेदनका आधारमा उनलाई सेवाबाट हटाएको हो। उक्त समयमा सेनानी शाहीको साथमा हतियार पनि रहेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस