कर्मचारीमा कोरोना देखिएपछि कास्की प्रशासनमा राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्मचारीमा कोरोना देखिएपछि कास्की प्रशासनमा राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता स्थगित


५ माघ २०७८, बुधबार


पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र केहीमा मिल्दोजुल्दो लक्षण देखिएको भन्दै विद्युतीय राहदानी र राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा स्थगन गरेको छ । तर, तयारी अवस्थामा रहेका राहदानी भने वितरण हुनेछ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले आज (बुधबार) एक सूचना जारी अनिश्चित समयका लागि कार्यालयको आंशिक सेवा स्थगन गरिएको जानकारी दिएका हुन् ।

पौडेललेले राहदानी, राष्ट्रिय परिचय पत्रसहित भारतीय पेन्सन सिफारिस सम्बन्धी कार्य एवं सेवासमेत हाललाई बन्द गरिएको जानकारी दिएका छन् ।

‘सम्बन्धित सबै सेवाग्राहीले पनि कोभिड १९ सङ्क्रमणदर सामान्य नहुने अवस्थासम्म विद्युतीय राहदानी प्राप्तिका लागि अनलाइन आवेदनसमेत नगर्नु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।

कास्कीमा बुधबारसम्म १ हजार ५४६ जना सक्रिय सङ्क्रमित पुगेका छन् । पछिल्लो २४ घन्टामामात्रै कास्कीमा ३ सय ६५ जना सङ्क्रमित थपिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस