अस्ट्रेलियामा आजदेखि नयाँ नियम लागू , विदेशी विद्यार्थीले सातामा २० घण्टा काम गर्न पाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अस्ट्रेलियामा आजदेखि नयाँ नियम लागू , विदेशी विद्यार्थीले सातामा २० घण्टा काम गर्न पाउने


५ माघ २०७८, बुधबार


काठमाडौँ । कोरोना महामारीको कारण कामदारको चर्को अभाव खेपिरहेको अस्ट्रेलियाले आज (बुधबार) देखि लागू हुने गरी केही नयाँ नियम लागू गरेको छ ।

प्रधानमन्त्री स्कट मरिसनले आजदेखि आगामी आठ सातासम्म अस्ट्रेलिया भ्रमणमा जाने विदेशी कामदार र विद्यार्थीको लागि आकर्षक नियम ल्याएका हुन् । उनका अनुसार भिसा शुल्कमा छूट दिइने छ भने विद्यार्थी र विदेशी कामदारले सातामा २० घण्टाभन्दा बढी समयसम्म काम गर्न पाउनेछन् ।

गत सोमबार बसेको अस्ट्रेलियाली मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो । काठमाडौँस्थित अस्ट्रेलियाली दूतावासले आजदेखि आठ हप्तासम्म यो नियम लागू हुने जनाएको छ ।

राजदूत फेलोसिटी भल्कले नेपाली विद्यार्थीको लागि यो खुसीको कुरा भएको जनाएकी छिन् । अहिले अस्ट्रेलियाको भिसा शुल्क ६०० डलर छ । यो भिसा शुल्कमा छूट दिने निर्णय भएको हो ।

अस्ट्रेलिया सरकारको यो निर्णयपछि भिसाको पर्खाइमा रहेका झन्डै तीन हजार नेपाली विद्यार्थी लाभान्वित हुन पाउने भएका छन् । इक्यानका पूर्व अध्यक्ष विष्णुहरि पाण्डेले अस्ट्रेलिया सरकारको उक्त निर्णयपछि नेपाली विद्यार्थीले फाइदा उठाउन सक्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस