एमालेको अधिवेशन ६४ जिल्लामा सकियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमालेको अधिवेशन ६४ जिल्लामा सकियो


५ माघ २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेले ६४ जिल्ला र दुई विशेष जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ ।

पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेख गरी चार जिल्लामा अधिवेशन उदघाटन भए पनि नेतृत्व चयन हुन सकेको छैन ।

धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनको मिति तय हुन बाँकी छ ।

त्यसैगरी, विद्यार्थी विशेष र उद्योग/व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिने नेकपा एमालेले जनाएको छ ।

जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरुमध्ये मधेस प्रदेशबाहेक छवटै प्रदेश कमिटीका अधिवेशनहरु पनि सम्पन्न भएका छन् ।

एमालेले पुस २३ गतेदेखि जिल्ला अधिवेशन सुरु गरेको थियो ।

विवरण:

Tags :
प्रतिक्रिया दिनुहोस