कोभिड अस्पताल पुनः सञ्चालनमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोभिड अस्पताल पुनः सञ्चालनमा


५ माघ २०७८, बुधबार


उदयपुर । चौदण्डीगढी नगरपालिका–७ सातधारेमा गत वर्ष स्थापना भएको कोभिड अस्पताल पुनः सञ्चालनमा आएको छ । उक्त अस्पताल दुई महिनादेखि बन्द थियो ।

कोभिड–१९ का बिरामी नभएपछि गत मङ्सिर १७ गतेदेखि सातधारे अस्पताल बन्द भएको थियो । हाल कोभिडबाट सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुँदै जान थालेपछि उक्त अस्पताललाई पुनः सञ्चालनमा ल्याइएको चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताए ।

हाल उक्त कोभिड अस्पतालमा सात सङ्क्रमितलाई राखेर उपचार भइरहेको कोभिड अस्पताल बेल्टारका प्रमुख तेजबहादुर पोखरेलले बताए । माघ २ गतेदेखि उक्त कोभिड अस्पताल पुनः सञ्चालन गरिएको र कोभिड सङ्क्रमित बिरामी उपचारका लागि आउने क्रम दैनिक वृद्धि हुँदै गएको पोखेरलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस