नेपाल–जर्मनी विकास सहयोगबारे खड्का र थोमसबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल–जर्मनी विकास सहयोगबारे खड्का र थोमसबीच भेटवार्ता


५ माघ २०७८, बुधबार


काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत थोमस प्रिन्जले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच विकास सहयोग, व्यापार, लगानी र द्विपक्षीय सम्बन्धका विविध विषयमा विचार आदानप्रदान भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री खड्काले कोभ्याक्स सुविधामार्फत ४१ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएकामा जर्मनीप्रति कृतज्ञता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस