कैलालीमा पुलबाट खसेर एक पुरुषको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कैलालीमा पुलबाट खसेर एक पुरुषको मृत्यु


४ माघ २०७८, मंगलबार


धनगढी । कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

सोमबार (हिजो) साँझ गोदावरीको काठे पुलमा फोटो खिच्ने क्रममा खसेर गम्भीर घाइते भएका अछामका ३९ वर्षीय रूपराज भाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुलबाट खसेर घाइते भएका भाटको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताइएको छ ।

भाटको मृत्यु प्रकरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस