काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न सर्वोच्चकाे आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न सर्वोच्चकाे आदेश


४ माघ २०७८, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालासले आज उक्त स्थानमा नयाँ मूर्ति राख्ने काम तत्कालका लागि रोक्न अन्तरिम आदेश गरेको हो ।

अधिवक्ता सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनः स्थापना गरेर नित्य पूजा गर्ने कार्य तत्कालका रोक्न आदेशको माग गर्दै अदालतमा रिट निवेदन दायर गरेका थिए ।

नयाँ बनाइएको काष्ठमण्डपको भुइँतलाको करिब मध्य भागमा एउटा रहेको गोरखनाथ र चार कुनामा रहेको गणेशको मूर्ति नयाँ राखिसकिएको भए पनि प्राचीन स्मारक संरक्षण ऐन मिचिएको रिट निवेदनमा थियो ।

रिट निवेदनमा उक्त कार्यले धार्मिक आस्थामा चोट पुर्‍याएको, सम्पदा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय कानुन मिचिएको, संवैधानिक मौलिक हक हनन भएको उल्लेख थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस