पाकिस्तानको कराँचीमा कोभिड १९ पोजेटिभ दर ४० प्रतिशत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पाकिस्तानको कराँचीमा कोभिड १९ पोजेटिभ दर ४० प्रतिशत


३ माघ २०७८, सोमबार


इस्लामाबाद । पाकिस्तानको कराँचीमा आइतबार ४० प्रतिशतलाई कोभिड–१९ पोजेटिभ देखिएको छ । यस डरलाग्दो दरले देशको चिकित्सा समुदायमा तरङ्ग फैलिएको एक मिडियाको समाचारमा जनाएको छ ।

यो पछिल्लो वृद्धि कोभिड १९ को पाँचौँ लहरको कारणले भएको जनाइएको छ । कोभिड १९ सङ्क्रमण यस वर्ष मार्चको मध्यमा शिखरमा पुग्ने डन अखबारले जानकारी दिएको छ । सोमबार पाकिस्तानमा चार हजार ३४० थप व्यक्तिलाई कोरोना सङ्क्रमण भएको जनाएको छ ।

पाकिस्तानमा गत २४ घण्टामा परीक्षण गरिएका व्यक्तिहरुमा ८.७ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको बताइएको छ । यद्यपि पछिल्लो २४ घण्टामा कराँचीमा ३९.३९ प्रतिशतमा सङ्क्रमण दर पुगेको स्वास्थ्य विभागले जनाएको छ । डनका अनुसार ती सङ्क्रमितहरुमा करिब ९५ प्रतिशत ओमिक्रोन भेरियन्टका देखिएको जनाइएको छ ।

अधिकारीहरुले डाक्टर, नर्स र प्यारामेडिकहरुमा बढ्दो सङ्क्रमण सङ्ख्या रहेको र यसमा चिन्ता व्यक्त गरेका छन् । यो ५०० भन्दा कम नहुने एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै डनले जनाएको छ ।

पाकिस्तानमा हालसम्म १३ लाखभन्दा बढी कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । दक्षिण एसियाली देशमा पनि भाइरसका कारण २९ हजार १९ जनाको मृत्यु भएको छ ।

सिन्धको प्रान्तीय सरकारले आइतबार मास्क लगाउन अस्वीकार गर्ने सरकारी कर्मचारीहरूको तलब कटौतीको घोषणा गरेको जियो न्युजले जनाएको छ । प्रदेशमा बढ्दो कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै उक्त निर्देशन जारी गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस