प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित


३ माघ २०७८, सोमबार


काठमाडौँ । प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित गरिएको छ ।

कुल १०४ सदस्य रहेको प्रदेश २ सभाको आज (सोमबार)को बैठकमा ९९ जना सहभागी थिए । मतदानमा जनकपुरधामको पक्षमा ७८ मत परेको छ ।

प्रदेशसभामा आज भएको मतदानमा सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम राजमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) दुई तिहाइबाट पारित गरिएको भन्दै अन्य प्रस्ताव निष्क्रिय भएको घोषणा गरेका हुन् ।

एक घण्टापछि अर्को बैठक बोलाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस