कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध


३ माघ २०७८, सोमबार


धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका-४ को बलियामा से६प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ५५ वर्षीय मनसरा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ठक्करबाट घाइते ती महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

घटनाको विरोधमा आज (सोमबार) बिहानैदेखि स्थानीयले लम्कीचुहा नगरपालिका-४ मा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

मोटरसाइकल चालकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग राख्दै उनीहरूले राजमार्ग अवरुद्ध पारेपछि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । स्थानीयले टायर बालेर राजमार्गमा प्रदर्शन पनि गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस