प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने


३ माघ २०७८, सोमबार


नेपाली काँग्रेस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

देउवाले प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन । ‘एक/दुई दिनमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने, ‘त्यसको तयारी भइरहेको छ ।’

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले संसदमा विश्वासको मत लिएपछि सम्बोधन गरेका थिए । प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन रहिआएको छ ।

तर पाँचौँ पटक मुलुकको प्रधानमन्त्री बनेका देउवाले सरकार गठनको ६ महिनासम्म पनि राष्ट्रका नाममा सम्बोधन गरेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस