आजदेखि काठमाडौँका १७ स्थानमा बुस्टर खोप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आजदेखि काठमाडौँका १७ स्थानमा बुस्टर खोप


३ माघ २०७८, सोमबार


काठमाडौँ । आजदेखि काठमाडौँका १७ स्थानमा कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ ।

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुका लागि बुस्टर मात्रा उपलब्ध हुने बताइएको छ ।

अहिले खोप सञ्चालन भइरहेका काठमाडौँ जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ। काठमाडौँमा आर्मी अस्पताल, प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथली, टेकु अस्पताललगायत स्थानमा खोप लगाइने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस