माघ १५ सम्म भौतिक उपस्थितिका सबै कार्यक्रम स्थगित गर्ने अनेरास्ववियुको निर्णय « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

माघ १५ सम्म भौतिक उपस्थितिका सबै कार्यक्रम स्थगित गर्ने अनेरास्ववियुको निर्णय


२ माघ २०७८, आइतबार


काठमाडौँ । नेकपा एमाले निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले भौतिक उपस्थितिमा गरिने कार्यक्रम स्थगित गरेको छ ।

आज (आइतबार) बसेको पदाधिकारी बैठकले कोरोना सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको हो ।

कोरोना सङ्क्रमण तीव्र रूपमा बढिरहेकाले सरकारद्वारा जारी स्वास्थ्यसम्बन्धी निर्देशनलाई ध्यान दिँदै केन्द्रीय कमिटी र मातहतका सबै कमिटीहरूको २५ जनाभन्दा बढीको भौतिक उपस्थितिमा हुने भेला तथा कार्यक्रम माघ १५ सम्मलाई स्थगित गरिएको अध्यक्ष सुनिता बरालले जानकारी दिएकी छन् ।

यो अवधिमा प्रविधिको उच्चतम प्रयोग गरी भर्चुअल माध्यमबाट सञ्चालन गर्ने/गराउने पनि अनेरास्ववियुको निर्णय छ ।

Tags :
प्रतिक्रिया दिनुहोस