आँधिखोला लघुवित्तको अध्यक्षमा के.सी पुनः चयन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आँधिखोला लघुवित्तको अध्यक्षमा के.सी पुनः चयन


२ माघ २०७८, आइतबार


काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा नरेश केसी पुनः चयन भएका छन् ।

संस्थाको साधारणसभाबाट सञ्चालक निर्वाचित केसी पुनः अध्यक्षमा चयन भएका हुन् ।

सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलत, नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गरेको बताइएको छ ।

सभाले राष्ट्र बैंकको स्वीकृत बमोजिम २० प्रतिशत बोनस शेयर स्वीकृत गरेको छ । सभाबाट संस्थापक समूहको प्रतिनिधित्व गर्दै नरेश के।सीसहित श्यामविक्रम खाँड र सावित्रा दवाडी पौडेल निर्वाचित भएको कम्पनी सचिव बाबुराम कुँवरले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस