चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोना विरुद्धको खोप « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोना विरुद्धको खोप


२ माघ २०७८, आइतबार


बेइजिङ । करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् ।

यहाँका स्वस्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएका छन् ।

शुक्रबारसम्मको तथ्यांकमा यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ । यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ ।

शनिबार दिइएको जानकारीमा तीमध्ये १ अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन् । सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले दिए ।

शनिबार पत्रकार सम्मेलनमा उनले चीनमा नागरिकलाई कोरोना विरुद्धको खोप दिने क्रम जारी रहेको र शुक्रबारसम्म ९० प्रतिशतले खोप लिइसकेको बताएका हुन् । सो पत्रकार सम्मेलनमा उनले बाँकी रहेका चिनियाँ नागरिकलाई पनि खोप लिन आग्रह गरे ।

सो अवसरमा उनले अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न तथा कोठाभित्र बस्दा भेन्टिलेसन भएका कोठामा बस्न पनि आग्रह गरेका थिए ।

चीनमा पनि पछिल्ला केही समयमा कोरोनाका सङ्क्रमितहरु देखिन थालेका छन् । ती सङ्क्रमितहरुको पहिचान गरेर चीनका अधिकारीहरुले स्वास्थ्य सतर्कताका मापदण्डहरु अपनाउन आग्रह गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस