ध्रुवे हात्तीको आक्रमणबाट एक सैनिकको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ध्रुवे हात्तीको आक्रमणबाट एक सैनिकको मृत्यु


२ माघ २०७८, आइतबार


काठमाडौँ । चितवनमा जङ्गली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोस्टमा कार्यरत सैनिक जवान हिजो (शनिबार) साँझ साइकल गस्तीमा निस्किएको बेला ध्रुवे हात्तीले आक्रमण गरी कुल्चिएको थियो । हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा हिजो राती मृत्यु भएको हो ।

निकुञ्जले मृतकको परिवारमा मानसिक चोट पुग्न सक्ने भन्दै पहिचान खुलाएको छैन । मृतक जवान खड्ग दलमा कार्यरत अमलदारमा भएको बताइएको छ । ध्रुवे हात्तीले पाँच वर्षअघि पनि नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको ज्यान लिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस