नेपालले पठायो अफगानिस्तानलाई सहयोग सामग्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपालले पठायो अफगानिस्तानलाई सहयोग सामग्री


२ माघ २०७८, आइतबार


काठमाडौँ । ठूलो मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई नेपाल सरकारले आइतबार सहयोग सामग्री पठाएको छ ।

आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा मानवीय सहायता सामग्रीसहितको जहाज काबुलका लागि उडेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आइतबार बिहान औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित १० टनको सामग्री लिएर नेपाली टोली हवाइजहाजमा अफगानिस्तानको काबुल प्रस्थान गरेको परराष्ट्रमन्त्री नारायण खड्काले बताए ।

सम्बन्धित समाचार : नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै

Tags :
प्रतिक्रिया दिनुहोस