२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माघी पर्वले राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पुर्‍याएको छः मुख्यमन्त्री शाही

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले माघी पर्वले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पुर्याएको बताएका छन् ।

थारु समुदायको नयाँ वर्ष ‘माघी’ तथा मगर र अन्य समुदायको माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वका अवसरमा शुभकामना सन्देश दिदै उनले पर्वले सबै धार्मिक समुदायका नेपालीमाझ आपसी सद्भाव, विश्वास, एकता, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले सन्देशमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघी पर्व मनाउन सबैमा आग्रह गरेका छन् ।

मुख्यमन्त्री शाहीले सन्देशमा भनेका छन्, ‘मधेसमा थारु र मैथली समुदाय, किराँतले किराँत संवत्का रुपमा निकै सद्भावका साथ यो पर्व मनाउँछन् । आजकै दिन नेवार समुदायमा ‘घ्युचाकु, सैल्हुँ’ नामले यो पर्वलाई मनाइन्छ । मगरले मकर सङ्क्रान्तिका रुपमा मनाउने माघे सङ्क्रान्ति पर्वले सबै धार्मिक समुदायका नेपाली माझ आपसी सद्भाव, विश्वास, एकता, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने विश्वास लिएको छु ।’

कर्णाली प्रदेश सरकारले विगत दुई वर्षदेखि माघे सङ्क्रान्तिका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस