कोरोना नियन्त्रणका लागि सबै एकजुट हुनुपर्छ: प्रधानमन्त्री देउवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना नियन्त्रणका लागि सबै एकजुट हुनुपर्छ: प्रधानमन्त्री देउवा


१ माघ २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।

नेकपा (एमाले)ले शनिबार बिहान कोरोना नियन्त्रणको विषयमा ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोना नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीदेउवाले भने, कोरोना नियन्त्र र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ । सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ।’

प्रधानमन्त्री देउवाले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको बताए ।

उनले आफूले सरकारको नेतृत्व गरेपछि कोरोनाविरुद्धको खोप लगाउने संख्या वृद्धि भएको दाबी गर्दै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउने गरी सरकार अघि बढेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस