५ सयबढी सक्रिय संक्रमित हुने जिल्ला ६ पुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

५ सयबढी सक्रिय संक्रमित हुने जिल्ला ६ पुग्यो


३० पुस २०७८, शुक्रबार


काठमाडौँ । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा सुनसरी थपिएको छ । सुनसरी थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या ६ पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरसहित मोरङ, कास्की र सुनसरी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस