अफगानिस्तानको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अफगानिस्तानको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवको आग्रह


३० पुस २०७८, शुक्रबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गरेका छन् । दशौँ लाख जना अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने उनले बताएका छन्।

उनले भनेका छन्– अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति मेरो आग्रह छ ।

हाम्रा प्रयासहरुबाट मात्र हामीले अब यहाँका लाखौँलाख नागरिकलाई बचाउन सक्छौँ भन्दै उनले यसका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन्।

संयुक्त राष्ट्रसङ्घ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्ध छ । तर पनि पछिल्लो समयमा यहाँका नागरिकमा मानवीय सहयताको आवश्यकता बढी परेको छ उनले भनेका छन् ।

उनले हाल अफगानी जनता चरम गरिबीतर्फ उन्मूलन भएका र रोजगारीको सुनिश्चितताको लागि, स्वास्थ्य र शिक्षा सेवा पुनः स्थापनाका कार्यक्रम सञ्चालन होस् भन्ने चाहेको पनि बताएका छन् ।

विद्रोही तालिबानीले काबुल कब्जामा लिएर नयाँ सरकार घोषणा गरेपछि पछिल्लो समय संयुक्त राष्ट्रसङ्घका थुप्रै एजेन्सी अफगानिस्तानमा बिग्रिँदै गएको मानवीय स्थितिको बारेमा चिन्तित छन् ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थीका लागि उच्चायुक्तको कार्यालयले पनि अफगानिस्तानको मानवीय स्थिति हाल निकै नै निराशाजनक बन्दै गएको र खाना, औषधि, आश्रय र अन्य आधारभूत आवश्यकताको व्यवस्थापन नै चुनौतीपूर्ण बन्दै गएको बताएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस