चार्टर फ्लाइटमा भएको अनियमितता छानबिन गर्न समिति गठन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चार्टर फ्लाइटमा भएको अनियमितता छानबिन गर्न समिति गठन


२९ पुस २०७८, बिहिबार


काठमाडौँ । कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाई उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएको अनियमितताका विषयमा छानबिन समिति गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिका अन्य दुई सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन् । १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको समितिले शुक्रवार(भोलि)देखि आफ्नो कामको थालनी गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस