घुस लिएको आरोपमा वडाध्यक्ष र वडा सदस्यविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

घुस लिएको आरोपमा वडाध्यक्ष र वडा सदस्यविरुद्ध मुद्दा दायर


२९ पुस २०७८, बिहिबार


काठमाडौँ । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जा जिल्ला, भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष र वडा सदस्यविरुद्ध विशेष अदालत काठमाडौँमा बिहीबार मुद्दा दायर गरेको छ ।

नागरिकता बनाई दिन्छु भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले दुवैजनाविरुद्ध मुद्दा दायर गरेको हो ।

घुसबापतको रकम सेवाग्राहीलाई नै फिर्ता दिलाई पाउन साथै वडाध्यक्ष गुरुङले आर्थिक प्रलोभनमा परी दोहोरो नागरिकता बनाउन झुट्टा विवरणको आधारमा बदनियत पूर्वक गलत सिफारिस गरिदिएको पुष्टि हुन आएको आयोगको भनाई छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसुरमा सजाय मागवादी गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस