आठ साताभित्र युरोपको आधा जनसङ्ख्यामा कोभिड फैलिन सक्ने डब्लूएचओको चेतावनी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आठ साताभित्र युरोपको आधा जनसङ्ख्यामा कोभिड फैलिन सक्ने डब्लूएचओको चेतावनी


२९ पुस २०७८, बिहिबार


न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसङ्ख्या कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा सङ्क्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।

पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताए । सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ सङ्क्रमित भेटिएका छन् ।

भाइरस पश्चिमा देशहरुबाट बाल्कन्सतर्फ फैलिँदै गर्दा युरोप र मध्य एसियाली देशहरु तीव्र चापमा परेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस