भारतमा एकै दिन २ लाख ४५ हजार संक्रमित, ३७९ जनाको मृत्यु « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

भारतमा एकै दिन २ लाख ४५ हजार संक्रमित, ३७९ जनाको मृत्यु


२९ पुस २०७८, बिहिबार


भारत । भारतमा बुधबार एकै दिन २ लाख ४५ हजार ५२५ जना नयाँ संक्रमित थपिएका छन् । यही अवधिमा ८४ हजार ४७९ जना निको भए भने ३७९ जनाको मृत्यु भएको छ ।

भारतमा सक्रिय सक्रिय संक्रमितको सङ्ख्यामा १ लाख ६१ हजार ७२१ जना थपिएका छन् । देशमा हाल ११ लाख ११ हजार सक्रिय संक्रमित रहेका छन् । तेस्रो लहरमा सक्रिय संक्रमितको सङ्ख्या ११ लाख बढी पुगेको यो पहिलो अवसर हो ।

एकै दिनमा नयाँ संक्रमितको सङ्ख्यामा ५२ हजारले वृद्धि भएको छ । यसअघि मंगलबार १ लाख ९३ हजार संक्रमित थपिएका थिए । हालसम्म भारतमा ३।६३ करोड जनसङ्ख्या कोरोना संक्रमित भइसकेका छन् ।

यसमध्ये ३.४७ करोड सङ्क्रमणमुक्त पनि भइसकेका छन् । भारतमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ४ लाख ८५ हजार ३६ जनाको मृत्यु भइसकेको छ ।

यता, भारतको राजधानी नयाँ दिल्लीमा सङ्क्रमण दर बढेर २६.२२ प्रतिशत पुगेको छ । यसअघि मे ५ मा दिल्लीको सङ्क्रमण दर २५ प्रतिशत पुगेको थियो ।

कोरोनाभाइरसको सङ्क्रमणबाट भारतका सबैभन्दा प्रभावित ५ राज्यहरूमा महाराष्ट्र, पश्चिम बंगाल, दिल्ली, तमिलनाडु र कर्नाटक रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस