मल बिक्री केन्द्रका जुनियर सहायकविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मल बिक्री केन्द्रका जुनियर सहायकविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा


२८ पुस २०७८, बुधबार


काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, मल बिक्री केन्द्र, सल्यानका तत्कालीन जुनियर सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आज (बुधबार) विजय कुमार पासवानविरुद्ध १८ लाख, ७६ हजार ६६४ रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

पासवानले सल्यान मल बिक्री केन्द्रमा इन्चार्जको रुपमा कार्यरत रहँदा आफूखुसी व्यक्तिगत खातामा रकम जम्मा गरेर हिनामिना गरेको भन्दै निजबाटै असुल उपर मागदाबी गर्दै विशेष अदालत काठमाडौँमा बुधबार मुद्दा दायर भएको प्रवक्ता रिसालले जानकारी दिएका छन् ।

पासवानमाथि भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार मुद्दा दायर भएको प्रवक्ता रिसालको भनाइ छ ।

पासवानले मलको नियमानुसार हिसाब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गर्दा रकम हिनामिना गरेको खुलेको अख्तियारले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस