पार्टी सदस्य मनोनयनमा पक्षपात गरेको छैन : अध्यक्ष लिङ्देन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पार्टी सदस्य मनोनयनमा पक्षपात गरेको छैन : अध्यक्ष लिङ्देन


२८ पुस २०७८, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरेका छन् ।

पार्टी कार्यालयमा आज (बुधबार) आयोजित मनोनीत नयाँ सदस्यहरुलाई शपथग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लागे पनि त्यो सत्य नभएको बताएका हुन् ।

अध्यक्ष लिङ्देनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढङ्गले प्रस्तुत गर्ने पनि बताएका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीले राजसंस्था, हिन्दु राज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविका, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरुसमेत लिएर अघि बढ्ने बताए ।

पार्टीमा मनोनयन सदस्यहरुको परिपूर्ति अहिले नै भई नसकेकोले अबका दिनमा लैङ्गिक, समावेशी र समानुपातिकताका हिसाबले गरिनेसमेत बताए । पार्टीमा महिलाको सङ्ख्यालाई संविधानबमोजिम पूर्ण गरेर जाने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस