बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द


२८ पुस २०७८, बुधबार


School

गलकोट । कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेका हुन् ।

पोखरेलले पूर्व निर्धारित परीक्षा पूर्ण सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न आग्रह गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस