ब्राजिलमा भारी वर्षाबाट दश जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ब्राजिलमा भारी वर्षाबाट दश जनाको मृत्यु


२८ पुस २०७८, बुधबार


रियो डि जेनेरियो । ब्राजिलमा वर्षाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घण्टादेखि वर्षा निरन्तर रहेको बताइएको छ । सो वर्षाबाट गएको २४ घण्टामा कम्तीमा पनि १० जनाको ज्यान गएको बताइएको छ ।

भारी वर्षा जारी रहेपछि त्यहाँ पहिरो गएको छ । पहिरोमा परी एकै परिवारका एक दम्पती र उनीहरुका दुई सन्तान पुरिएका छन् ।पुरिएको स्थानबाट उनीहरुको उद्धारको काम जारी रहेको भए पनि भारी वर्षाका कारण निकै कठिन भएको बताइएको छ ।

सो वर्षाबाट मृत्यु भएका १० जनाको शव भेटिएको बताइएको छ भने अरु केही हराइरहेका बताइएको छ । हराइरहेकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा गएको २४ घण्टादेखि वर्षा निरन्तर रहेको छ ।

वर्षा अझै केही समय नरोकिने भएकाले घरबाहिर ननिस्किन सूचना जारी गरिएको छ । वर्षा जारी रहेका स्थानमा भौतिक संरचनाहरु पनि भत्किएकाले केही मानिसलाई उद्धार गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस