प्रेस चौतारी हुम्लाकाे अध्यक्षमा सिंह चयन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रेस चौतारी हुम्लाकाे अध्यक्षमा सिंह चयन


२८ पुस २०७८, बुधबार


सिमकोट । प्रेस चौतारी नेपाल हुम्ला शाखाको पाँचौँ अधिवेशनले नयाँ पदाधिकारी सर्वसम्मतबाट चयन गरेको छ ।

अधिवेशनले अध्यक्षमा नन्द सिंह र सचिवमा दाने बोहरा सहित २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

यसैगरी उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सहसचिवमा मोतीलाल महतारा, समावेशी सहसचिवमा मानबहादुर परियार र कोषाध्यक्षमा बेलुमाया महतारा तथा सदस्यमा धनबहादुर भण्डारी, टसि बोहरा, सम्राट् बोहरा, मनोज बोहरा, मोहनसिंह बुढा, भोजबहादुर शाही, लक्षे कामी, अविराज हमाल, चक्र दामी, छक्क थापा लगायत चयन भएका छन् ।

यस्तै प्रदेश प्रतिनितिधिमा एकजना मात्रै मन्दिर सिंह चयन गरिएको भए पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि र अन्य प्रदेश प्रतिनिधि नयाँ पदाधिकारीको पहिलो बैठकबाट चयन हुने बताइएको छ ।

नेकपा (एमाले) जिल्ला पार्टी कार्यवाहक अध्यक्ष तथा प्रदेश कमिटी सदस्य ज्ञामी बुमीको प्रमुख आतिथ्यमा प्रेस चौतारीको जिल्ला अधिवेशन सर्वसहमतिबाट सम्पन्न भएको हो ।

अधिवेशनको उद्घाटन सत्रमा एमाले हुम्ला जिल्लाका अध्यक्ष बुमी, नेपाल काँग्रेस हुम्लाका प्रदेश नं ख का तक्दिर लामा, नेकपा (माओवादी केन्द्र) का सिमकोट गाउँपालिका–५ का अध्यक्ष रामजन रावत, प्रेस चौतारीका संस्थापक अध्यक्ष कमल बोहरा, सर्केगाड गाउँपालिका–१ का वडाध्यक्ष गोकुल बुढा, एमालेका प्रदेश कमिटी सदस्य डबल रावत र एमाले अदानचुली गाउँ कमिटी अध्यक्ष बुध भण्डारीका साथै अनेरास्ववियु जिल्ला अध्यक्ष जयराज सन्ज्याललगायतले अधिवेशनको सफलताको कामना गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस